अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २८ गते।
आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिंदै छ ।
आज राष्ट्रपति भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो । उनी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।
नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् ।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।