अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २८ गते।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज नेपाल युएईसँग खेल्दै छ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९:३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सिरिजको पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई पराजित गरेको थियो ।
विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने हुन्छ ।