अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २८ गते।
आज उपराष्ट्रपतिका उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै छ ।
आज उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।
शनिबार उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।
जसमा ३ जना सत्ता पक्षका रहेका छन् भने अर्का एमालेका रहेका छन् ।
सत्ता पक्षका जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो ।
सोही उम्मेदवारी दर्ता गराएका व्यक्तिहरुको नामावाली प्रकाशन आज हुँदैछ ।