जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा झुला उत्सवको रौनक

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ ५ गते।

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाएको पाइन्छ ।

प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा रहेका मठ मन्दिरहरूमा मनाइने झुलनोत्सव पर्वको रमझम जनकपुरमा सुरु भएको छ ।

भगवान् श्रीरामजानकीसहितका देवीदेवतालाई झुलामा सजाएर राखी झुलाउँदै भजनकिर्तनसहित प्रत्येक साँझ मठमन्दिरमा पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ। सन्तहरू खुला चौरमा अथवा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दथे। सम्भवतः यो परम्परा त्यसै बेलादेखि सुरुवात भएको विश्वास पाइन्छ।

जनश्रुति अनुसार, सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो। त्यसैको स्मृतिस्वरूप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा रहेको छ।

त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरूप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रंगभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि आएको जनविश्वास छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *