आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।

आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको  उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको  समेत सम्भावना रहेको छ।

आज राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *