प्रतिनिधिसभा बैठक आज बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने छन्। ​

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *