अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न गृहमन्त्री रवि लामिछानेको निर्देशन

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २८ गते।

अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न गृहमन्त्री रवि लामिछानेले विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

पोल्ट्री व्यवसायीले भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयत रोक्न निर्देशन दिएका हुन्।

पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा संकट उत्पन्न भएको भन्दै अवैध आयात रोक्न व्यवसायीले  गृहमन्त्रीलाई अनुरोध गरेका थिए । गृहमन्त्रीले सोही स्थानबाट सबैले सुन्ने गरी नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत त्यस्तो आयात रोक्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *