अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता,पुस २८ गते।
कैलालीबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।
गौरीगंगा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।