नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २८ गते।

मन्त्रिपरिषद विस्तारका लागि छलफल गर्न बैठक आज बस्दै छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

आजको बैठकमा विनाविभागीय मन्त्रीहरुको पनि मन्त्रालय टुंग्याइने तयारी भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *