आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १३ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछभने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबारसम्म कर्णाली सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *