नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १३ गते।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्दै छ ।

हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने  सचिव देवेन्द्र पौडेलले बताए ।

हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।

आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *