अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १३ गते।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिए।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।