कैलालीको धनगढीमा झण्डै १२ किलो चरेससहित चार जना पक्राउ

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता,माघ १७ गते।

कैलालीको धनगढीमा झण्डै १२ किलो चरेससहित चार जना पक्राउ परेका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भई हाल धनगढीको चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गर्दै आएका नरेन्द्रसिंह धामी चरेस सहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको बताए ।

उनीहरूको साथबाट ११ किलो ९०० ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *