अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ १८ गते।
भारतको झारखण्डस्थित धनबादमा एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ।
धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।
आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन ।