अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २ गते।
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।
प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ ।
नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।
विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।
एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।
नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।