कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ७ गते।

कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेहरूको घोडाघोडी अस्पताल सुखडमा र वर्दगोरीया अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *