उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ८ गते।

उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता निर्वाचन आयोगले सुरु गर्दैछ ।

आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको हो ।

यही चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको छ । त्यसपछि अरु प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *