अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र ८ गते।
अफगानिस्तानको फैजाबादमा मंगलबार राति ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।
भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।
भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।