अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ८ गते।
मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।