सुरु भयो मुस्लिम समुदायको रमजान पर्व

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।

इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ ।

आजदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:५० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ ‘कुरान‘ अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *