अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।
बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो ।
आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।