अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २६ गते।
ज्वाइँको कुटपिटबाट सप्तरीमा ससुराको मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ६ खामगडाका ५५ वर्षीय छठु महतोको कुटपिटको तीनहिना पश्चात मृत्यु भएको हो ।
गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।
ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।
स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको डिएसपी सिंहले जानकारी दिए ।