शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २६ गते।

ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरू हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

रङ्गशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो यूथ क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *