अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २७ गते।
भक्तपुरमा बिस्का जात्रा आजबाट सुरु हुँदै छ ।
आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजवाट सुरु हुन लागेको हो ।
साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ।
काठ काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको सुरुवात गर्छन् । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ । रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्छन्।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो।