मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र २७ गते।

मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ ।

करिब दुई महिनापछि सोमबार दिउँसो १ बजेदेखि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा दुई वटा कार्यसूची रहेको प्रदेश सभा सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने कार्य सूची रहेको छ ।

बक्यौता रकम छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउन उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । तर, उपसभामुखले गत फागुन १८ गते राजीनामा दिएकी थिइन् ।

त्यसपछि संसदमा प्रतिनिधित्व गरेका सम्पूर्ण दलले सर्व सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । समितिले छानबिन गर्न नसकेको भन्दै समय थपको माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *