आँधी खोलामा ट्रक पल्टिई घरमा ठोक्किँदा ३ जनाको मृत्यु ,५ जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २० गते।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको आँधी खोलामा ट्रक पल्टिई घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते भएका छन् ।

आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको खाँणले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *