अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३१ गते।
सरकारले खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने गरी देशव्यापी अभियान थालेको हो ।
नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने विभिन्न खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज खोप अभियान चालिएको हो ।
मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन आग्रह समेत गरेको छ ।