अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २ गते।
पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।
गत बिहीबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।
सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।