अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३ गते।
लामो दूरीको सार्वजनिक यातायातको भाडा सरकारले घटाएको छ ।
मंगलबार सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको थियो ।
सो निर्णयसँगै यात्रुवाहक सार्वजनिक तथा मालवाहक यातायातको भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले नयाँ सवारी भाडा दरसमेत सार्वजनिक गरेको छ ।