अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १४ गते।
आज तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।
‘मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो’, मौसमविद्ले भने।
यस्तै अज बिहान कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको छ । यस्तै कोशी प्रदेशको पनि पूर्वी भूभागका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको मौसमविद्ले जानकारी दिए।
राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।