अनलाईन न्युजपाटी, महोत्तरी, समाचारदाता,जेठ १४ गते।
दलित समाज उत्थान समिति नेपालद्धारा लोहारपट्टी नगरपालिका वडा नं ७ मा आज साना व्यवसायको लागि सामग्री बितरण कार्यक्रम गरेको छ।
आईतवार लोहारपट्टी नगरपालिका वडा नं ७ का दलित, बिपन्न वर्गका परिवारका व्यक्तिहरुलाई व्यवसायिक तालिम पश्च्यात सामग्री बितरण गरेको छ।

आईतवार दलित समाज उत्थान समिति नेपालले एक कार्यक्रमको आयोजना गरि लोहारपट्टी नगरपालिका वडा नं ७ मा रहेको दलित, बिपन्न परिवारका ४२ जना लाई सामग्री वितरण गरेको हो।

आजको साना व्यवसायको लागि सामग्री बितरण कार्यक्रममा आफ्नो अमुल्य सहयोग गर्दै समाजसेवी प्रभास झाले भने दलित समाज उत्थान समिति नेपाल द्धारा व्यवसायिक तालिम पश्च्यात ४२ जना ले अब रोजगारको लागि विदेश जानु परेन। आजबाट वहाहरुले केहि व्यक्त्ति किराना पसल, केहि व्यक्त्तिहरुले कस्मेटिक पसल, केहि व्यक्त्तिहरुले ब्युटी पार्लर त्यस्तै केहि व्यक्त्तिहरुले आफुले पाएको तालिम अनुसार रोजगार गरेर आफ्नो जिबोउपार्जन गर्नेछन भने मलाई बिश्वास छ।

दलित समाज उत्थान समिति नेपालका अध्यक्ष सुनिल ठाकुरको आयोजनामा रहेको सो कार्यक्रममा , प्रमुख अतिथिका रुपमा लोहारपट्टी नगरपालिका वडा नं ७ का अध्यक्ष गणेश ठाकुर ,तयस्तै दलित समाज उत्थान समिति नेपालका कोषाअध्यक्ष मनोज कुमार दास ,कार्यकम संयोजक उमेश जी ,समाजसेवी प्रभास झा , समेत ४२ जना व्यवसायिक तालिम प्राप्त सदश्य लगायतको उपस्थिति रहेको थियो।

Good 👍 news