आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

आज देशभर गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *