अत्याधिक गर्मी बढेपछि देवघाटका विद्यालय पाँच दिन बन्द

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २३ गते।

अत्याधिक गर्मी बढेपछि देवघाटका विद्यालय पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *