अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २३ गते।
माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।
माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गा प्रसाद चापाँगाइ र पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।
मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।