अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ४ गते।
अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर उपमहानगरपालिकाले फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गरेको छ।
असार १ गतेदेखि विद्यालय खोलिएको भए पनि फेरि आजदेखि लागू हुने गरी असार ६ गते खुल्ने गरी विद्यालय बन्द गरिएका छन्।
उपमहानगरको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले गर्मी नघटेपछि उपमहानगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए।
अत्यधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठन गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने हुँदा वार्षिक बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिएको उनले बताए।