शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १२ गते।

शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

शर्मामाथि निक्षेपकर्ताको १४ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ ।

बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि भएको ठगीको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *