सरकारले सार्वजनिक सवारी साधनको भाडा घटायो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १ गते। 

सरकारले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ। त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराइमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *