आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २४ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।

जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा  चट्याङ्ग सहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

आज राति भने  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।साथै लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको महाशाखाले जनाएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *