अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २४ गते।
एसिया कप क्रिकेट अन्तर्गत आज आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलंकाको क्यान्डिस्थित पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ ।
समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो।
सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन। सुपर फोर मा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ।