उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १ गते।

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि गएराति १२ बजेदेखि सुरु भएको छ ।

मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ।

उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुदैछ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।

आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *