अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ४ गते।
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाण्डौमा रहेको उनकै निवासबाट आज पक्राउ गरेको हो ।
यसअघि पक्राउ परेका सागर राईले बयानका क्रममा रिजालले ७ लाख रुपैयाँ लिएको भनेका थिए । सोही बयानका आधारमा रिजाललाई पक्राउ गरिएको हो ।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका १४ जना यसअघि नै पक्राउ परिसकेका छन् ।