थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ११ गते।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुदैछ । गत चैत ८ गतेदेखि सुरु भएको  थ्री नेसन्स कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो ।

नेपालले लाओसलाई २-० ले पराजित गर्दै उद्घाटन खेलमा विजय हासिल गरिसकेको छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *