अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १२ गते।
राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै छन् ।
राष्ट्रपति पौडेल बिहान ९: ३० बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।