अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २९ गते।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार ३ वटा खेलहरु हुने भएका छन् ।
आजका तीन खेलमध्ये दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र सङ्कटा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लबबिच प्रतिस्पर्धा हुनेछ
। च्यासल मैदानमा एपीएफ क्लव र हिमालयन शेर्पाबीच खेल हुनेछ ।