नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २९ गते।

नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ ।

बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो ।

निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएपछि र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाएपछि मतदान पुनः सुरु भएको हो ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *