अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २८ गते।
अमेरिकाको केन्टकी सहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।
ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।