आईपीएलमा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २६ गते।

आईपीएलमा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गरेको छ ।

पन्जाबले दिएको १८० रनको लक्ष्य कोलकाताले  अन्तिम बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताका लागि कप्तान नितिश रानाले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए ।

आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको मदतमा ४२ तथा ओपनर जेसन रोयले २४ बलमा ३८ रन बनाए ।

रिंकु सिंहले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रनमा अविजित रहे । रिंकुले अन्तिम बलमा छक्का प्रहार गर्दै कोलकाताको जित पक्का गरेका थिए ।

पन्जाबका लागि राहुल चहरले २ तथा हरप्रित ब्रार र नाथन एलिसले समान एक विकेट लिए ।

त्यसअघि कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *