आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा नेपाल आज युएईसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १७ गते।

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा नेपाल आज युएईसँग खेल्दैछ ।

नेपाल र युएईबीच हरारेमा हुने खेल नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ।

नेपालले युएईविरुद्ध खेलेका पछिल्ला चार खेलमा लगातार जित हात पारेको छ।

यसअघि सातौं स्थानको अर्को प्लेअफमा अमेरिका र आयरल्यान्डबीच खेल भएको थियो। खेलमा आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो।

अब आज जित हात पार्ने टिमले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आज पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *