अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन २० गते।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
अदालतको फैसला लगत्तै खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए।
‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरणहरू दिएका थिए र भ्रष्ट अभ्यास गरेकोमा उनी दोषी देखिएका छन्,’ उनले भने। खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको डनले जनाएको छ।
यस प्रकरणमा अदालतले दोषी देखाउँदै ५ वर्ष राजनीति गर्न पनि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। एडिएसजे दिलावरले आदेशको कार्यान्वयनको लागि प्रतिलिपि इस्लामावाद प्रहरी प्रमुखलाई पनि दिन भनेका छन्।