अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन ३० गते।
भारतले आज ७६औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
ब्रिटिसबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा भारतले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ का रुपमा मनाइरहेको छ।
स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्ली लगायत देशका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार आजकै दिन भारत छोडेर भागेको थियो। त्यही दिनको सम्झनामा स्वतन्त्रता र मुक्तिको स्मरण गर्दै आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका हुन्।